उपत्यकामा साना हतियारको जगजगी, कसरी भित्रदैँ छ हतियार ?

उपत्यकामा साना हतियारको जगजगी, कसरी भित्रदैँ छ हतियार ?

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, कात्तिक ८ । २३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ, २३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या, ३ कात्तिक : एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ, ५ कात्तिक : एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ ।

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाँल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।

प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद हतियारमा पेस्तोल र रिभल्वर छन् ।

फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको खुलाउँछ । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ