संयोजकको जिम्मेवारी नेता खाँणलाई

संयोजकको जिम्मेवारी नेता खाँणलाई

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 

काठमाडौँ, ७ कातिक ।

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएका केन्द्रीय सदस्य खाँणलाई पार्टीभित्र प्रभावशाली नेताको रुपमा हेरिने गरिएको छ ।

काँग्रेसको विचारलाई जनतासमक्ष पु¥याएर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित तुल्याउन के कस्तो ढंगबाट प्रचारप्रसारलाई अघि बढाउने भन्ने विषयमा पार्टी पदाधिकारी, केन्द्रिय सदस्य र सञ्चारविज्ञसँग आजै छलफल शुरु गरिसकिएको संयोजक खाँणले राससलाई जानकारी दिनुभयो ।

केही दिनभित्रै प्रचारप्रसार समितिलाई पूर्णता दिँदै विभिन्न आयामबाट निर्वाचनको प्रचारप्रसारलाई तीव्ररुपमा अघि बढाउने सन्दर्भमा निर्वाचन सामाग्रीको छपाई तथा व्यवस्थापनको कार्य गरिने उहाँले बताउनुभयो ।

काँग्रेसले मुलुकका केही लोकतान्त्रिक शक्तिसँग निर्वाचनको तालमेल गरी अघि बढ्ने उद्घोष गरिसकेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेसका १०३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ