भूकम्प सुरक्षा दिवसका दिनसम्म पीडितका आँशु पुछ्ने गरी काम गर्छु : भुषाल

भूकम्प सुरक्षा दिवसका दिनसम्म पीडितका आँशु पुछ्ने गरी काम गर्छु : भुषाल

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ७ कात्तिक ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताउनुभएको छ ।

प्राधिकरणमा पद बहालीपछि आज पत्रकारसँग कुरा गर्दै उहाँले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म हामी पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने बताउनु भयो ।
पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् शुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “प्राधिकरण सोल एक्जुकेटिभ भूमिकामा छैन, संयोजनकारी भूमिकामा छ, ।” कानून निर्माण तथा व्यावहारिक कठिनाइका कारण भूकम्प पीडितका घर पुनःनिर्माण गर्नमा ढिलाइ भएको बताउँदै उहाँले भन्नुभयो, “धरहरा, बालगोपाल मन्दिर, वसन्तपुर दरबारलगायतका महत्वपूर्ण पुरातत्विक संरचनाको पुनःनिर्माणमा विशेष ध्यान दिनेछु, त्यसका लागि आर्थिक स्रोत जुटाउने छु ।”

विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनानुसार विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट आठ हजार ७९० को मृत्यु तथा २२ हजार ३०० घाइते भएका थिए । त्यसबाट ३१ जिल्लाका करिब ८० लाख जनता विस्थापित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी