सैनिक मुख्यालय अगाडि घन्कियो राजतन्त्रको नारा

सैनिक मुख्यालय अगाडि घन्कियो राजतन्त्रको नारा

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं।

राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सोमबार राजधानीमा जुलुस निकालेका छन् । हिन्दु अधिराज्य पुर्नस्थापना आन्दोलन समितिको ब्यानरमा राजधानीको शान्तिबाटीकादेखि माइतीघरसम्म जुलुस निकालिएको हो ।

शान्तिबाटीकाबाट माइतीघरतर्फ  अघि बढ्ने क्रममा निषेधित क्षेत्र रहेको नेपाली सेनाको मूल्यालय अगाडी समेत  रोकिएर उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता चर्का नारा लगाएका थिए ।  तिहारको भाइटीकाको दिन पूर्वराजाले  आफ मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका थिए ।  एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले  आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ