मुसाले पार्याे दर्जनौं ट्रान्सफर्मर ध्वस्त

मुसाले पार्याे दर्जनौं ट्रान्सफर्मर ध्वस्त

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, कात्तिक ७ । सुन्दा अचम्म लाग्ला, विद्युत वितरणका लागि जडान गरिएका ट्रान्सफर्मरका सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।

नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका हुन् । काठमाडौं उपत्यकाभित्र महिनामा एक–दुईवटा ट्रान्सफर्मर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक मुसाकै कारण तिहारको लक्ष्मी पूजाका दिन भक्तपुर सब–स्टेशनका केही उपकरण जले र पुरै भक्तपुरमा बिजुली प्रवाह अवरुद्ध भयो । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ