चितवन, ६ कात्तिक ।
पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ ।
गत बिहीबार श्राद्ध गर्न बुटवलबाट देवघाट पुगेका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बेपत्तामध्ये रूपन्देही बुटवल उपमहानगरपालिका–१५ का २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शव आज बिहान नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको छ ।
यसअघि बेपत्ता भएको भोलिपल्ट गत शुक्रबार ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो । श्राद्ध गर्नु अघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline