तराईका जिल्लामा छठ पर्वको तयारी तीव्र , बिदेशीएकाहरु घर फर्कन थाले

तराईका जिल्लामा छठ पर्वको तयारी तीव्र , बिदेशीएकाहरु घर फर्कन थाले

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

सिरहा , ५ कार्तिक ।

तराईबासिहरुको महान पर्व छठको तयारीमा तिब्र भएको छ ।
तराईका जिल्लामा रहेका छठ घाटहरुलाई सजाउने काम तामझामका साथ शरु भएको छ ।

औद्योगिक नगरी पर्साको वीरगंजमा यो पर्व भव्य रुपमा मनाउने चलन रही आएको छ । पर्व नजिकिएपछि बजारमा किनमेल गर्नेहरुको भिडभाड पनि देखिन थालेको छ ।

पूजा सामाग्री, कपा , नयाँ भाडा वर्तन किन्नेदेखि रोजगारी तथा शिक्षा प्रयोजनका लागि देश विदेशमा रहेकाहरु धमाधम घर फर्किन सुरु भएको छ ।

। छठ पर्वको साँझ व्रतालुहरुले घरबाट विशेष पूजाआजाका साथ पूजाको सामाग्री छैटीमा राखी टाउकोमा बोकेर नजीकको घाटमा पुग्ने छन् । घाटमा गई अस्ताउन लागेको सूर्य देवतालाई नरिवलको अघ्र्य दिन्छन् ।

भोली पल्ट बिहान उदाउंदो सूर्यलाई यसरीनै अघ्र्य दिएर यो व्रत समाप्त गर्ने छन् । हिन्दू धर्ममा यही मात्रै एउटा यस्तो पुजा हो जस्मा डुब्न लागेको सुर्यलाई पुजा गरिन्छ र यस पुजामा प्राय ः सबै समुदायका मानिसहरु बढो श्रदापुर्वक सहभागी हुने गर्दछन ।

वीरगंजस्थित विभिन्न छठ घाटहरु सजाउने क्रम झण्डै २ साता अघि देखि भई रहेको छ । वीरगंजको घडिअर्वा पोखरीलाई छठ पर्वको पुजाका लागिनै लक्षित गरी निर्माण गरीएकाले यो पोखरीको छठ पुजा बर्षेनी चर्चामा आउने गरेको छ ।

यस वर्ष पनि यो घाटमा करीब १२ लाख ५० हजार रुपैयाँको लागतमा पण्डाल निर्माण र साजसज्जा गर्ने तयारी आयोजक समितिले गरेको छ ।

छठ पुजा व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा स्थानीय युवा प्रमोद साह कानु यस बर्ष अघिल्ला बर्षहरुको तुलनामा तयारी पनि केही अघि गरिएकाले पण्डाल निर्माण तथा अन्य साजसज्जाको काम पनि छिटो भएको बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ