काठमाडौंमै जनता भए असुरक्षीत , एका बिहानै म्हैपीमा गोली चल्यो, एक घाइते, ५ पक्राउ

काठमाडौंमै जनता भए असुरक्षीत , एका बिहानै म्हैपीमा गोली चल्यो, एक घाइते, ५ पक्राउ

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

५ कात्तिक, काठमाडौं । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै गोली चलेको छ ।

गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

घुँडामुनि गोली लागेका गुरुङको अहिले शिक्षण अस्पताल महामराजगञ्जमा उपचार भईरहेको छ ।

आज विहान साढे ३ बजेतिर उक्त घटना भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताउनु भयो ।

घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएको लैनचौर प्रहरीले जनाएको छ ।

म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

राति डिस्कोमा झगडा भएको र विहान गोली चलेको पुष्टि गर्दै एसएसपी दिवेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेकोे जानकारी दिनुभयो ।

काठमाण्डौमा अघिल्लो साता मात्रै निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भएको थियो । गौचनको हत्या हुनुभन्दा केही समयअघि प्रहरीले राजधानीबाटै साना हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ