सहकारीको सोह्र करोडको कारोबार

सहकारीको सोह्र करोडको कारोबार

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

 

कञ्चनपुर, ४ कात्तिक ।

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले रु १६ करोडको कारोबार गरेको छ ।

कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३÷७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले रु १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध सञ्चालक मदनराज भट्टले जानकारी दिनुभयो ।

सहकारीमा सात हजार सदस्यको रु सात करोड सात लाख ४२ हजार रकम बचत रहेको छ । सहकारीले रु छ करोड ५० लाख ३८ हजार नेपाल राष्ट्र बैंक, बाणिज्य तथा विकास बैंक, वित्त कम्पनीबाट सापट लिएको छ । रु एक करोड ५० लाख ६३ हजार सहकारीको शेयर पूँजी रहेको छ । सो सहकारीको सम्पत्ति रु १५ करोड बरावरको रहेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन स्वरोजगार कोषसँग सम्झौता गरी ऋण लगानी कार्यक्रम लागु गरेको भट्टले बताउनुभयो ।

“संस्थाको लक्ष्य प्राप्तिका लागि तीन वर्षे रणनैतिक योजना तयार गरी लागू गरेका छौं,” उहाँले भन्नुभयो । योजनाअनुसार सहकारीको सदस्य संख्या सात हजारबाट वृद्धी गरी १० हजार पु¥याउने, शेयर पूँजी वृद्धी गरी रु तीन करोड पु¥याउने तथा संस्थाको सम्पत्ति रु १० करोडले वृृद्धी गरी रु १५ करोड पु¥याउने लक्ष्य लिइएको छ । विसं २०६५ मा २५ जना युवाले रु एक लाख ३२ हजार शेयर पूँजीबाट सो सहकारी सञ्चालनमा ल्याएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी