मधेशी समुदायमा भैयादुज पर्व मनाईदै

मधेशी समुदायमा भैयादुज पर्व मनाईदै

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

बाँके, ४ कात्तिक ।

आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज पश्चिम नेपालका मधेशी समुदायमा भैयादुज पर्व मनाइरहेका छन् ।

तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैयादुजमा भुर्की पूजन गरी आआफना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाइने गरिन्छ । घरको आंङग्नमा गाईको गोबरले लिपपोत गरि दाजुभाइको चित्र कोरेर, नदी तलाउ, पर्बत, बाघ, भालु, सर्प, बन जगंलका चित्र बनाएर जंगलमा पाइने कुशलगायत विभिन्न कांडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ ।

सो सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मुर्ति बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पुर्ण महिला एउटा घरमा एकजुट भई सामूहिकरुपमा भुर्की पूजन गर्ने परम्परा रहेको अवधी अगुवा पण्डित शिवशंकर मिश्रले बताउनुभयो ।

त्यसक्रममा भाइ बहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा पनि सुनाउने गरिन्छ । भुर्की पूजनका क्रममा दिदीबहिनीले विहानैदेखि व्रत बसेर आ–आफनो दाजुभाइको सुख, शान्ति, उन्नती, सुस्वास्थ्य, प्रगतिलगायतको कामना गर्दछन् ।

टिकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा भुर्की पूजन गरिएको छ । आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजुभाइलाई कात्तिक पुर्णिमासम्म पनि खुवाउने प्रचलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ