एक महिनादेखि उठेन नगरपालिकाको फोहोर

एक महिनादेखि उठेन नगरपालिकाको फोहोर

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

 

इलाम, ४ कात्तिक।

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाको फिक्कलमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन ।
फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते भन्ने स्थानसम्म पुग्ने सडक क्षतिग्रस्त भएपछि नगरपालिकाको बजार क्षेत्रमा फोहोरको डंगुर थुप्रिएपछि बजार दुर्गन्धित बन्दै गएको छ । सङ्कलित फोहोर फ्याँक्ने अन्य ठाउँको व्यवस्थापन नहुँदा बजार क्षेत्रमा फोहोर थुप्रिएको हो । फोहोरमैला व्यवस्थापनका लागि झापास्थित अभियान नेपाल संस्थाले ठेक्का पाए पनि सङ्कलित फोहोर नउठाएपछि फिक्कल, पशुपतिनगर, तीनघरे, कन्याम, हर्कटे, शान्तिचोकलगायत व्यापारिक क्षेत्र दुर्गन्धित भएका छन् ।
दैनिक दुई टनसम्म फोहोर सङ्कलन हुँदै आएको सूर्योदय नगरपालिकाको बजार क्षेत्रमा अहिले जहाँतहीँ फोहोरको थुप्रो लागेको छ । पुरानो डम्पिङ साइटमा फोहोर फ्याँक्न नसकिएकाले दुई दिनभित्र अर्को डम्पिङ साइटको जग्गा व्यवस्थापन गरी बजार क्षेत्रको फोहोर उठाइने नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ