सुनसरी, कात्तिक ३ ।
सुनसरीको कोशी गाउँपालिका–८, भाण्टाबारीमा भारतीय नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ ।
पूर्वबाट पश्चिमतर्फका लागि छुटेको बीआर ०७ जी ८११५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय महमद मुस्ताक मियाको ज्यान गएको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरीयाले जानकारी दिनुभयो ।
यस्तै सुनसरीको रामधुनी नगरपालिका–२, मा ट्रकमा मोटरसाइकल ठोक्किँदा इनरुवा नगरपालिका–८ का मुकेश चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा रोकेर राखेको ना ५ ख ५११ नम्बरको ट्रकमा इनरुवाबाट इटहरीका लागि छुटेको को ३१ प ६८०९ नम्बरको मोटरसाइकलले ठोक्क्दिा मोटर साइकलमा सवार चौधरीको ज्यान गएको हो । घाइते विपुल चौधरीको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline