काठमाडौं, कात्तिक २ । यस वर्षको तिहारमा सुनचाँदीको कारोबारमा उच्च बृद्धि आएको छ । अन्य दिनको तुलनामा तिहारको बेलामा दैनिक ६० किलोग्राम बराबर सुनको कारोबार भएको व्यवसायीले बताएका छन् ।
तिहारको बेलामा करिब १ साता दैनिक ६० किलोग्राम सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियसरत्न शाक्यले जानकारी दिए ।
चाँदीको कारोबार भने दैनिक एक हजार किलोग्रामसम्म हुने गरेको उनले बताए । यो परिमाणमा कारोबार तिहारको केहीदिन मात्र हुने महासंघले जनाएको छ ।
दशैंको तुलनामा तिहारमा सुनचाँदीको कारोबार बढी हुँदै आएको छ । धनतेरसको दिन सबैभन्दा बढी कारोबार हुने गरेको महासंघले जनाएको छ ।
तिहारको बेलामा विशेषगरी चाँदीबाट बनेका पूजाका थाली, मूर्ती लगायतका सामाग्रीको माग बढ्ने गरेको महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline