डोटी, कात्तिक २ ।
डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज विहान एक यात्रु बाहक बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बसमा सवार अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
डोटीको बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस आज विहान पौने १० बजेतिर दुर्घटना भएको हो ।
बीपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्र्रहरी कार्यालय डोटीले जनाएको छ । अहिले स्थानीयहरुले घाइतेहरुको उद्धार गरिरहेको जनाइएको छ । दुर्घटनाको पूर्ण्विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline