सन् २०१९ को डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने

सन् २०१९ को डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, कात्तिक २ । सन् २०१९ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन फारम पुनः खुला भएको छ । यसअघि नै डीभीका लागि आवेदन फारम खुला गरिएपनि इडीभी वेबसाइटमा प्राविधिक त्रुटि आउँदा बीचमा बन्द भएको थियो ।

नयाँ डीभी फारम भर्ने समय कात्तिक १ गते बुधबार राति ९ः४५ बजेदेखि आगामी मंसिर ६ गते बुधबार राति १०ः४५ बजेसम्म कायम गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो वर्षको डीभी कार्यक्रमका लागि कात्तिक १ अगावै आवेदन फारम भर्नेहरुले पनि फेरि आवेदन दिनुपर्नेछ । यो मितिभन्दाअघि आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर काम नलाग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डीभीको नयाँ आवेदन अवधिमा एकपल्टभन्दा धेरैपटक आवेदन दिएमा आवेदक अयोग्य ठहरिने पनि जनाइएको छ ।

अमेरिकी दूतावासको विज्ञप्ति पढ्नुहोस्

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ