काठमाडौंमा ३० लाख बराबरका पटका नस्ट प्रहरीद्वारा ‘सुरक्षा व्यवस्था कडा’, 

काठमाडौंमा ३० लाख बराबरका पटका नस्ट प्रहरीद्वारा ‘सुरक्षा व्यवस्था कडा’, 

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, कात्तिक १ । तिहारको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको छ ।

बुधबार परिसरभित्रै रहेको पानीट्यांकीमा पटका नस्ट गरिएको हो ।

यस्तै, जुवा खेलिरहेको अवस्थामा मंगलबार बत्तिसपुतलीबाट १३ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट करिब १२ लाख रुपैयाँ बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ