नाइजेरियाबाट ल्याइएका चिम्पान्जी, चरासहित ६ तस्कर समातिए

नाइजेरियाबाट ल्याइएका चिम्पान्जी, चरासहित ६ तस्कर समातिए

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, कात्तिक १ । नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जी, बाँदरलगायतका विभिन्न वन्यजन्तुसहित प्रहरीले ६ जना तस्करलाई मंगलबार पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं, बाँसबारीस्थित सन्जीव भारीको घरमा छापा मारी नाइजेरियाबाट ल्याइएका दुईओटा चिम्पान्जी, ८ ओटा बाँदर, ७ ओटा गोल्डन फेजन चरा, दुईओटा रिङनेट फेजन चरा, ३८ ओटा परेवा र ६६ ओटा सुगा बरामद गरेको हो ।

ब्यूरोले वन्यजन्तु र पंक्षी ओसार–प्रसार गरेको आरोपमा सन्जीव भारी, काठमाडौं, बूढानीलकन्ठ–१० कपन बस्ने बारा, डुमरवानाका भन्सार एजेन्ट राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फइम, चाँदबाबु मोहम्मद सरिफ र पाकिस्तानी नागरिक जावेद अस्लाम खानलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ती वन्यजन्तु र पंक्षी हवाईमार्ग हुँदै त्रिभुवन विमानस्थलबाट नेपाल ल्याइएको जानकारी दिए ।

चिम्पान्जी नेपाल भित्र्याइएको यो पहिलोपटक भएको पनि प्रहरीले जनाएको छ ।

जीवितै रहेका ती चिम्पान्जी, बाँदर र पंक्षीहरु मंगलबारै काठमाडौं जिल्ला वन कार्यालयमार्फत् सदर चिडियाखाना जावलाखेलमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ