असी प्रतिशत पूलको आपूर्ति आन्तरिक उत्पादनबाट

असी प्रतिशत पूलको आपूर्ति आन्तरिक उत्पादनबाट

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पोखरा, १ कात्तिक ।
कास्कीमा ८० प्रतिशत पूलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ ।  पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर  तिहारमा चाहिने पूलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।
छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट पूल ल्याइने गरिएको छ भने २० प्रतिशत मात्रै भारतका विभिन्न शहरबाट पूmल आयात गरिन्छ ।
भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउनुका साथै आजभोलि घर सजाउन समेत मालाको प्रयोग गर्ने गरिएको छ । जिल्लामा बढी मात्रामा सयपत्री, मखमली, सुपारी जातका पूmल प्रयोग गरिन्छ ।यस पटक करिब रु एक करोड बराबरको पूmलको कारोबार हुने बताइएको छ । एउटा सयपत्री पूmलको माला रु एक सयदेखि रु २०० सम्ममा बिक्री हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी