प्रहरीद्वारा बन्धक बनाएर असुली

प्रहरीद्वारा बन्धक बनाएर असुली

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१ कात्तिक, काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए, ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए ।

थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असई चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरु सुरुमा आफ्ना मान्छेलाई पनि भारतीय गोर्खा सैनिकमा भर्ना गराइदिन भन्दै देवानको कार्यालयमा पुगे र जबर्जस्ती एक लाख रुपैयाँ दिए । त्यसको फोटो खिचे । उनले गोर्खा सैनिकमा भर्ना गरिदिने भन्दै पैसा लिने गरेको प्रमाण जुटाउन त्यसरी फोटो खिचेका थिए ।

जसरी अपराधीहरुले अपहरण गरेर पैसा असुल्छन्, बालाजु प्रहरीले त्यसैगरी सर्वसाधारणलाई पक्राउ गरी असुल्ने प्रयास गरेको थियो । यो घटनाले सिंगो प्रहरी संगठन नै बदनाम बनेको छ, ।लगत्तै उनीहरुले आफूहरु प्रहरी भएको भन्दै कार्यालयमा खानतलासी गरे । गोरखा सैनिकमा भाग लिने प्रक्रियामा रहेका केही युवाका कागजपत्र थिए । हत्कडी लगाएर २० लाख रुपैयाँ मागे । उनले आफूले नराम्रो काम नगरेको भन्दै दिन इन्कार गरे । उनलाई बिन्दवासिनी बालुवा डिपो्मा लगेर बन्धक बनाउँदै बार्गेनिङ सुरु भयो । त्यसबेला असई भाटसहित हवलदार मनोज यादव र जवान पुष्कर शाहसमेत सँगै थिए उनीहरुले श्रीमतीलाई फोन लगाएर पैसा लिएर आउन भने ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ