प्रधानमन्त्रीनिकट स्रोतले उल्टै सञ्चारकर्मीलाई सोधे- माओवादी सरकारबाट बाहिरिएको हो कि हैन ?

प्रधानमन्त्रीनिकट स्रोतले उल्टै सञ्चारकर्मीलाई सोधे- माओवादी सरकारबाट बाहिरिएको हो कि हैन ?

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

३१ असोज, काठमाडौं । मंगलवार माअाेवादी केन्द्रका मन्त्रीले राजिनामा दिने तयारी गरेकेा समाचार बाहिर अायाे ।  अपरान्ह उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकार सम्मेलनकाे अायाेजना गरे ।   महराले परराष्ट्र मन्त्रालयमा अायाेजित पत्रकार सम्मलेनमा सरकारबाट बाहिरिनेबारे जानकारी गराउने सञ्चारकर्मीको अनुमान थियो ।

तर, महराले पत्रकार सम्मलेनमा देउवा सरकारलाई आफ्नो पार्टीको समर्थन यथावतै रहेको बताए । संसद नै नभएको अवस्थामा सरकारलाई समर्थन गर्नु र नगर्नुको कुनै अर्थ थिएन । तर, महराले प्रधानमन्त्री देउवाको कदमको कुनै आलोचना गरेनन् । बरु सन्दर्भहीन रुपमा पत्रकार सम्मेलनमा भने- सरकालाई हाम्रो समर्थन कायमै रहन्छ ।

सरकार छाड्ने वा नछाड्ने भन्नेमा महराको बोली लक्पकाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय पनि अल्मलियो । प्रधानमन्त्रीनिकट स्रोतले उल्टै सञ्चारकर्मीलाई सोधे- माओवादी सरकारबाट बाहिरिएको हो कि हैन ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ