संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, असोज ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन–२०७४ प्रमाणीकरण गरेसंगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ ।

ऐन प्रमाणीकरण भएपछि ६ महिनाभित्र तीनै तहको संगठनात्मक संरचना बनाउन कार्यदल गठन गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।

गठित हुने विज्ञसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले ६ महिनाभित्र कुन तहमा कति कर्मचारी आवश्यकपर्ने भनेर निक्यौल गर्ने उनले बताए ।

सर्वेक्षण समितिले समायोजनको नियमावलीसमेत बनाउनेछ । समितिले बनाएको नियमावलीको मापदन्डका आधारमा कर्मचारी तीनै तहमा समायोजन हुनेछ । उनले समितिले तयार पारेको आधारमा ६ महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन हुनेछन् ।

कर्मचारीलाई कार्यरत पदको ज्येष्ठताका आधारमा संघ, प्रदेश र स्थानीय तहमा रोजाइका आधार र स्थायी बसोबासका आधारमा समायोजन गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ