बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 

सोलुखुम्बु, ३१ असोज।

 भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेमा दूधकौशिका गाउँपालिका–९ का २८ वर्षीय धनबहादुर तामाङ, ४६ वर्षीय आसना तामाङ र २० वर्षीय बुद्धलाल तामाङ छन् । तीनै जना अभियुक्तलाई शनिबार प्रहरीले पक्राउ गरेका थिए ।

दूधकौशिका गाउँपालिका–३, लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टंकराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला गोली प्रहार गरी घाइते बनाएका थिए । सो घटनामा संलग्न तीनै जनालाई अवैध बन्दुक र गोलीसहित शनिवार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई सोलुखुम्बु जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाइएको छ । घाइते बालकलाई आइतबार नै काठमाडौँ पु¥याई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ