मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित

मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

 

काठमाडौँ, ३१ असोज ।

संयुक्त राष्ट्रसंघ महासभाको चालु ७२ औँ अधिवेशनले नेपाललाई संयुक्त राष्ट्रसंघको ४७ सदस्यीय मानव अधिकार परिषद्को एशिया तथा प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यही वर्षको अन्त्यमा रिक्त हुने चारवटा सदस्यमध्ये एक स्थानमा नेपाल सबैभन्दा बढी १६६ मत प्राप्त गरी निर्वाचित भएको हो ।

मानव अधिकार परिषद्मा भएको निर्वाचनबाट नेपालको संविधानमा रहेका मूलभूत प्रावधानहरू, नेपालको मानव अधिकार संरक्षण र संम्वद्र्धनप्रतिको प्रतिबद्धता र नेपालको आफ्नै मौलिकपनको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको र समर्थन गरेकाले सो सदस्यमा विजयी भएको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

मन्त्री महराले मानव अधिकार परिषद्को सदस्यको हैसियतमा नेपालले मानव अधिकारको संरक्षण र संम्वद्र्धनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरी प्रयासरत रहने सरकारको प्रतिबद्धता दोहो¥याउनुभयो ।

मन्त्री महराले मानव अधिकार परिषद्को सदस्यमा सफल निर्वाचनका लागि सहयोग र समर्थन प्रदान गर्नुहुने छिमेकी राष्ट्रलगायत सम्पूर्ण मित्रराष्ट्रहरूप्रति सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२ औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ