प्राधिकरणले थाल्यो सौर्य ऊर्जा खरिदः युनिटको नौ रुपैयाँ ६१ पैसा

प्राधिकरणले थाल्यो सौर्य ऊर्जा खरिदः युनिटको नौ रुपैयाँ ६१ पैसा

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

३१ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारण, संघसंस्था, विभिन्न कार्यालयमा जडित सोलार प्यानलबाट उत्पादित बिजुली खरिद सुरु गरेको छ ।

अब सर्वसाधारणले घरमा राखेका सोलार प्यानलबाट उत्पादित ऊर्जा खरिद थाल्नेछ । त्यसका लागि पाँच सय वाटभन्दा बढीको प्यानल जडान गर्नुपर्नेछ, सर्वसाधारणले ।विद्युत प्राधिकरणले पहिलो चरणमा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ एसोसिएसन र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उत्पादित सौर्य ऊर्जालाई केन्द्रीय प्रसारण लाइनमा जोडिसकेको छ । त्यसको साटो प्राधिकरणले बिजुली उपलब्ध गराएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार त्यसभन्दा सानो क्षमताका प्यानलबाट उत्पादित बिजुली जोड्दा लागत महँगो पर्छ । शहरी क्षेत्रमा पाँच सय वाटभन्दा ठूलो क्षमताका प्यानल जडान गर्ने व्यक्ति, निकाय र व्यावसायिक र्फम प्रशस्तै छन् ।

उक्त कामबाट ऊर्जा संकट निवारणमा सहयोग पुग्ने र खेर गइरहेको सौर्य ऊर्जाको सदुपयोग हुने प्राधिकरणको आशा छ ।

प्राधिकरणले विभिन्न संघसंस्था र निकायमा उत्पादन भएर पनि खेर गइरहेको सौर्य ऊर्जा खरिद गरेर राष्ट्रिय प्रसारणमा जोड्न ‘नेट मिटरिङ’ लागू गरेको छ ।

केन्द्रको अध्ययनअनुसार तत्काल दुई मेगावाट राष्ट्रिय प्रसारणमा जोड्न सकिने देखिएको छ ।

सर्वसाधारणले घरका छत र खाली जग्गामा सोलार प्यानल राखेर बिजुली उत्पादन गर्न सक्नेछन् । त्यसलाई प्राधिकरणले युनिटको नौ रुपैयाँ ६१ पैसामा खरिद गर्नेछ ।

प्राधिकरणसँग बिजुली सट्टापट्टाको अवसर पनि सौर्य ऊर्जा उत्पादकले पाउने छन् । सरकारले ऊर्जा संकटकाल घोषणाका क्रममा पाँच सय वाटभन्दा बढीको सौर्य ऊर्जा राष्ट्रिय प्रसारणमा जोड्ने घोषणा गरेको थियो ।

धेरै बिजुली खपत हुने ठूला औद्योगिक, व्यापारिक र अन्य प्रतिष्ठानमा ब्याकअपका रुपमा सोलार राख्न र त्यसबाट बढी हुने बिजुली किन्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले उक्त योजना ल्याएको हो । यसबाट घरमै सोलार राखेर आम्दानी गर्ने बाटो खुलेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ