पुनःनिर्माणमा सहयोग पुर्याउन गाँउमा खटिएका प्राविधिक स्थानीय तह मातहतमा

पुनःनिर्माणमा सहयोग पुर्याउन गाँउमा खटिएका प्राविधिक स्थानीय तह मातहतमा

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

नुवाकोट, ३० असोज ।
भूकम्पपीडित लाभग्राहीलाई निजी आवास पुनःनिर्माणमा प्राविधिक सहयोग जुटाउन गाउँ–गाउँमा खटिएका प्राविधिक स्थानीय तहको कार्यालय मातहतमा आएका छन् ।
यसअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मातहत रहेका प्राविधिक आइतबारदेखि स्थानीय तहको कार्यालय मातहतमा हस्तान्तरण भएका हुन् ।
भूकम्पले क्षति पुगेका आवास पुनःनिर्माणका लागि प्रभावितलाई प्राविधिक जानकारी दिन खटिएका इञ्जिनियर, सव–इञ्जिनियर र असिस्टेन्ट सव–इञ्जिनियरको हाजिरी, उनीहरूको कार्यप्रगति, रेखदेखलगायतको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।
भवन कार्यालयमार्फत परिचालन हँुदै आएका प्राविधिक कार्यक्षेत्रमा नबस्ने, कार्य क्षेत्रमा पुगे पनि भूकम्पपीडितको अपेक्षाअनुसारको आवास निर्माणमा सहयोग नगर्ने, जिम्मेवारीमा लापर्बाही गर्नेलगायतका गुनासो आएपछि पुनःनिर्माण प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशनमा आइतबारदेखि जिल्लामा कार्यरत रहेका सबै प्राविधिकलाई स्थानीय तहमा पठाइएको हो ।
आवास निर्माणका लागि जिल्लामा इञ्जिनियर ९३, सव–इञ्जिनियर ५२ र असिस्टेन्ट सव–इञ्जिनियर ५७ जना कार्यरत छन् । यो संख्या केन्द्रीय आयोजना कार्यान्वयन एकाइले निर्धारण गरेको दरबन्दीभन्दा करिब आधा संख्या हो । प्राविधिकहरू स्थानीय तहमार्फत परिचालन हुँदा भूकम्प प्रभावितले आवास निर्माणका लागि प्राविधिक सहयोग, परामर्श, अनुदान रकम प्राप्त गर्नका लागि सहज हुने विश्वास गरिएको छ ।
भूकम्पपीडितले आवास निर्माण गर्नका लागि प्राविधिक सहयोग नपाएको र आवास निर्माण गर्नेहरूले समेत प्राविधिकको लापर्बाहीका कारण समयमै अनुदान रकम भुक्तानीमा समस्या देखिँदै आएकाले त्यो समेत अब अन्त्य हुने शहरी विकास कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ