३० असोज, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकलाई ‘करोडपती बनाउने’ धनपती जीवन बिमा सहित ४ बिमा योजना सञ्चालनमा ल्याएको छ।
मासिक न्युनत्तम ८ हजार ८ सय १७ रुपैयाँ बिमा शुल्क तिरेमा न्युनत्तम ५० लाखदेखि अधिकत्तम दुई करोडमाथिसम्म रकम प्राप्त गर्ने रिलायबल धनपती जीवन बिमा योजनामा उल्लेख छ । न्युनत्तम १६ वर्ष र अधिकत्तम उमेर ५५ वर्ष उमेरका ग्राहकले यो परिपक्वता मूल्य छनौट गर्न सक्नेछ ।
त्यस्तै बिमा योजना परिपक्व हुँदा ६५ वर्ष नाघ्न नहुने व्यवस्था गरिएको छ । बिमाको अवधि ग्राहकले आफुले चाहे अनुसार १० देखि ४० वर्षभित्र रोज्न सक्नेछ ।
यो योजना खरिद गर्ने ग्राहकको बिमा अवधिमा मृत्यू भएमा इच्याएको व्यक्तिले परिपक्वता मूल्य बराबरको भुक्तानी पाउनेछ । बिमा गर्ने जीवित रहेमा पनि परिपक्वता मूल्य बराबरको रकम भुक्तानी हुनेछ । यसमा ग्राहकले दुर्घटना लाभ लगायत पनि छनौट गर्न सक्नेछ ।
कम्पनीले सावधिक जीवन बिमा योजना, अग्रिम भुक्तानी जीवन बिमा योजना र उच्च शिक्षा जीवन बिमा योजना पनि सञ्चालनमा ल्याएको छ ।
आइतवारबाट सञ्चालनमा आएको कम्पनीको अध्यक्षमा राजुबाबु शिवाकोटी रहेका छन् । उनले १० वर्ष अघि कम्पनी दर्ता गरेको कार्यक्रममा जानकारी दिए ।
कम्पनीको प्रम्रख कार्यकारी अधिकृतमा नारायण लोहनी रहेका छन् । कम्पनीले हालसम्म १२ सय बिमालेख जारी गरेको कार्यक्रममा जानकारी दिइएको छ।
कम्पनीको चुक्ता पूँजी दुर्इ अर्ब रहेको छ जसमध्ये सर्वसाधारणका लागि ३० करोड रुपैयाँको सेयर जारी गरिने छ ।