बालगृह बन्द गराएर छ बालबालिकाको उद्धार 

बालगृह बन्द गराएर छ बालबालिकाको उद्धार 

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चितवन, ३० असोज ।पूर्वी चितवनको रत्ननगरमा अवैधरूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ ।
रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो ।
जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक पटक बालगृह दर्ता गरी आवश्यक मापदण्ड पूरा गर्न सञ्चालकलाई पत्राचार गर्दासमेत अटेर गरेकाले बन्द गराइएको हो । सो बालगृहका सञ्चालक ठाकुर पनेरु फरार छन् ।
पत्रकार एवं स्थानीयवासीको रोहबरमा बालगृहबाट पाँच बालक र एक बालिकालाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उद्धार गरिएका उनीहरूलाई काठमाडौँको पारिवारिक पुनर्मिलन गराउने संस्था हिमाली नवीन समाजमा पठाइएको छ ।
केन्द्रीय बालकल्याण समितिको सिफारिसमा ती बालबालिकालाई गएराति नै काठमाडौँस्थित उक्त समाजमा पठाइएको उहाँले बताउनुभयो । बालगृहमा रहेका बालबालिका जुम्ला, गोर्खा, दाङ, कास्की र चितवनका रहेका छन् । उनीहरू १० देखि १७ वर्षसम्मका रहेको उहाँले जानकारी दिनुभयो ।  बालगृहमा १८ बालबालिका रहे पनि अहिले दशैँ तिहारका लागि अन्य बालबालिका भने आफ्नै घर र आफन्तकामा गएकाले हाल त्यहाँ भेटिएका बालबालिकालाई मात्रै उद्धार गरिएको थियो । उक्त बालगृह बालबालिकाका लागि उचित र सुरक्षित वातावरणको समेत नदेखिएको आइतबार बसेको बाल कल्याण समितिको बैठकले तत्काल उद्धार गरी बन्द गराउने निर्णय गरेको थियो । ती बालबालिकाको पठनपाठनलाई निरन्तरता दिई परिवारसँग पुनर्मिलन गराउने बताइएको छ ।
जिल्लामा हाल ३० वटा बालगृह दर्ता भई सञ्चालनमा छन् । ती बालगृहमा ९४० बालबालिका रहेको उक्त समितिले जनाएको छ । दर्ता प्रक्रिया पूरा गर्न नसकेपछि केही बालगृह भने छात्रावासको नाममा सञ्चालनमा रहेको बालकल्याण अधिकृत पौडेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ