जितपुर, कपिलवस्तु, २९ असोज
चाउचाउ बनाउने मेसिनमा पेलिएर आज साँझ एक मजदुरको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभयो ।
लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै कम्पनी घेरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline