बर्दिबास , २९ असोज ।
महोत्तरीबाट प्रहरीले आज १५ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासको माइस्थान जंगलबाट गाँजा ओसारपसारमा संलग्न १ जना र बसका चालक २ जनालाई १५ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट महोत्तरीको मनरा जाँदै गरेको ना ६ ख ५४३४ नम्बरको बसमा दुईवटा झोलामा राखिएको ३ पाकेट गाँजासहित उनीहरु पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ गरिसकेपछि भागेका उनीहरुलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएपी प्रविन पोखरेलले जानकारी दिनुभयो ।
बसका चालक र गाँजा तस्करबीच पहिलेदखिनै चिनजान रहेकाले उनीहरु पेशेवर हुनसक्ने डिएसपि पोख्रेलले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline