काग्रेस ,एमाले र माओवादीका कारण संसदमै थन्कियो चिकित्सा शिक्षा विधेयक

काग्रेस ,एमाले र माओवादीका कारण संसदमै थन्कियो चिकित्सा शिक्षा विधेयक

  • शुक्रबार, अशोज २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ , २७ असोज ।

प्रमुख तीन दल काग्रेस ,एमाले र माओवादीको बिबादका कारण चिकित्सा शिक्षा विधेयक ब्यवस्थापिका संसदमै थन्किएको छ ।

दलहरुको आ आफ्नै अडान नछाडेपछि आज सहमतीका लागी गरिएको अन्तिम प्रयास पनि बिफल भएसँगै विधेयक संसदमै अलपत्र परेको हो ।

विधेयकमाथि सहमतिको पहल स्वरुप सभामुख ओनसरी घर्तीले बोलाउनुभएको बैठकमा प्रमुख तीन दलले पुरानै अडान दोर्होयाएका थिए ।

माथेमा आयोगको प्रतिनिवेदनअनुसार विधेयक पारित हुनु पर्ने माग गर्दै डा. गोविन्द केसीको १३ औं पटकको अनशन जारी रहदा द लहरुले भने विधेयकमाथि सहमती गर्न सकेनन् ।
ब्यवस्थापिका संसदको अन्तिम बैठक भोली बस्ने र सो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी भएपछि विधेयकमा सहमति जुट्ने सम्भावना समेत तत्कालका लागि टरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित मुख्य दलका प्रमुख सचेतकसमेत सहभागी बैठकमा सभामुख घर्तीले विवाद समाधान गर्दै अगाडि बढ्न दलहरुलाई सुझाउनुभएको थियो ।

उता अनशनस्थल काठमाण्डौकोे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट अपिल जारी गर्दै डा. गोविन्द केसीले आफ्नो विशेषाधिकार प्रयोग गरी विधेयक प्रस्तुत गर्न आग्रह गरेपछि सभामुख घर्तीले आफ्नो कार्यकालमा अन्तिम प्रयास गर्नुभएको हो ।

बैठकमा एमाले र माओवादी केन्द्रले महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित भएअनुसार विधेयक अगाडि बढाउनु पर्ने अडान दोर्होयाएका थिए भने कांग्रेसले विधेयक परिमार्जन सहित पारितका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

दलहरुबीचको असहमतिका कारण बारम्बार विधेयक संसदको कार्यसूचीबाट हटाईदै आएको थियो । विधेयकमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने लगायतका प्रस्ताव गरिएको छ ।
सो व्यवस्थाले मनमोहन मेमोरियल मेडिकल कलेज र झापाको बीएण्डसीले सम्बन्धन नपाउने निश्चित थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ