प्रधानमन्त्री देउवाद्वारा स्व गौचनप्रति अन्तिम श्रद्धाञ्जली

प्रधानमन्त्री देउवाद्वारा स्व गौचनप्रति अन्तिम श्रद्धाञ्जली

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, २६ असोज ।
राजधानीमा गत सोमबार गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गर्नुभएको थियो ।

स्व गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुग्नुभएको थियो । स्व गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाउदै । तस्बिर : रोशन सापकोटा

गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् ।

बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनुभएपछि आज गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो । अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ ।

आफनो बुबाको पार्थिव शरीरमा अंगालो मार्दै स्व. शरदकुमार गौचनका छोरी भावविह्वल हुँदै । तस्बिर : प्रदीपराज वन्त

महासङ्घका एशोसिएट सदस्य शिवहरि घिमिरेका अनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ ।

गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र उहाँको आजै थकाली परम्पराअनुुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

अध्यक्ष गौचनको गत सोमबार अपरान्ह ३ बजेतिर राजधानीको नयाँबानेश्वरस्थित खरिबोट प्रयाग मार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ