चिकित्सा शिक्षा विधेयक पारितलगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।
स्वास्थ्य अवस्था खस्किने र महŒवपूर्ण अंगका कार्यमा उतारचढाव देखिन थालेपछि उनको उपचारमा २४ घन्टे मोनिटर सुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको मुटुको चालमा गडबढी र श्वासप्रश्वाससमेत समस्या देखिन थालेको छ ।
प्रयोगशाला परीक्षणका क्रममा शरीरमा रक्त कोशिकाको मात्रा घट्न थालेकोले संक्रमणको जोखिम बढ्दै गएको छ । उपचारमा संलग्न डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार रगतमा इलेक्टोलाइट्सको मात्रा पनि घटेको छ । जसको प्रत्यक्ष असर ‘आरिदिमिया (मुटुको चालमा परिवर्तन हुने) जोखिम बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline