नेपाल युवा परिषद अव अछाममा पनि

नेपाल युवा परिषद अव अछाममा पनि

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

गोविन्द्र कुंवर/अछाम ।
अछाम जिल्लामा पनि नेपाल युवा परिषदको शाखा बिस्तार भएको छ । आज एक कार्यक्रमकाबिच युवा परिषद गठन गरिएको हो ।

भिम बहादुर साउदको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गोबिन्द कुँवर, सचिव पूर्ण बुढा, कोषध्यक्ष यमेश्वरी ढुंगाना लगायत पदाधिकारी तथा अरु सदस्यहरु रहेका छन् ।

अछाम जिल्ला कृषी पर्यटन लगायका क्षेत्रमा परचुर सम्भावना बोकेको जिल्ला भएता पनि यसको बिकास र याहाँ भएका बहुमुल्य जडिबुटीको पहिचान र प्रसोधन हुन नसकेकाले त्यसको पहिचान गर्ने, रामारोशन, खप्तड, बान्नीगढी, पञ्चदेवल, बैजनाथ लगायका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने र बिद्यमान बिभिन्न खाले कुप्रथाको अन्त्य गगर्नका साथै बेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने मुख्य उद्देश्य परिषदका रहेको छ ।

यस्तै नेपाल युवा परिषदले चाँडै अछाम जिल्लाका १० ओटै स्थानिय तहमा आफ्नो सञ्जाल बिस्तार गर्ने निर्णय समेत गरेको छ । सो क्षेत्रका लागी संयोजक÷सह–संयोजक पनि तोकिएको छ ।

जसमा मंगलसेन नगरपालिकाका लागी लोकसरी केसी र देवसरा बोगटी, साँफेबगर नगरपालिकामा गायत्रि कुँवर, चौरपाटी गाउँपालीकाकालागी गोविन्द कुंवर, बान्नगढी जयगढ गाउपालीकाका लागि हिरेण्य प्रसाद मुडभरी, मेल्लेख गाउंपालिकाका लागी जिवन बुढा, रामारोशन गाउँपालिकाका लागि एकेन्द्र साउँद, कमलबाजार र बिनायक पञ्चदेवल नगरपालिकाका लागी ईन्द्र थापा एवम् तुर्माखाद र ढकारी गाउपालिकाका लागी पुर्ण बुढा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ