सर्लाहीमा गोली चल्यो , सुनचाँदी व्यवसायीको हत्या

सर्लाहीमा गोली चल्यो , सुनचाँदी व्यवसायीको हत्या

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

सर्लाही, असोज २५ । सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।

हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन(चाँदी लुट्न खोज्दै गोली हानी हत्या गरेको मृतकका बुबा नागेन्दर साहले बताए ।

लुटेराको प्रतिकार गर्न खोज्दा सुनिलको च्यापुमुनी गोली हानी झोलामा रहेको नगद तथा सुन(चाँदीसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाईते भएका साहलाई जिल्ला अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ