राजधानीमा खोजी/खोजी र छानी/छानी मान्छे मार्ने प्रवृत्ति बढ्यो !

राजधानीमा खोजी/खोजी र छानी/छानी मान्छे मार्ने प्रवृत्ति बढ्यो !

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २४ असोज ।

सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसित आग्रह गरेका छन् ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा उनीहरुले हत्याको छानबिन गर्नका लागि आयोग शीघ्र गठन गर्न र यसका बारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गरेका हुन् ।
निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार अपराह्न मध्यबानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

नेपाली काँग्रेसका सांसद दीपक गिरीले आगामी प्रदेश÷प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको बताउनु भयो ।

नेकपा (एमाले)का जनार्दन ढकाललले गौचनको शीघ्र हत्याको छानबिन गर्न माग गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्तिसुरक्षाको कमजोरी रहेको बताउनुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी÷खोजी र छानेर मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गर्नुभयो ।

सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनका हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ