२३ असोज काठमाडौ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज गोलि प्रहार गरि हत्या गरिएको छ ।
काठमाडौंको नयाँ बानेश्वर शान्तिनगरको खरीबोटस्थित् प्रयाग चोकमा गोली प्रहार गरिएका गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको डिएसपी रवि पौडेलले बताउनु भयो ।
अस्पतालका चिकित्सकहरुले भने गोलि प्रहारबाट घाईते गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् । गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वा्चित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
