स्थानीय तहमा बैंक नहुँदा समस्या

स्थानीय तहमा बैंक नहुँदा समस्या

  • सोमवार, अशोज २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 

इलाम, २३ असोज  । 

इलामका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका छैनन् । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ ।

“कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,” फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले भन्नुभयो । बैंककै काम लिएर स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उहाँले बताउनुभयो ।

चालू आवको बजेट वक्तव्यमार्फत सरकारले बृद्धभत्ता, शिक्षक भत्तालगायत स्थानीय तहमा जाने सबै प्रकारका रकम पठाए पनि बैंक नहुँदा भुक्तानी पाउन सकेका छैनन् । सदरमुकाममा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराइज, एक्सल, माछापुच्छ«े, एनआइसी एसिया बैंकलगायतका निजी तथा सरकारी बैंकले सेवा दिइरहेका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी