काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषदको गत असोज २ गतेको बैठकले खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, अदालतको आदेशसँगै खड्कालाई पुनः कार्यकारी निर्देशकको रुपमा काम गर्ने बाटो खुलेको छ ।
आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline