पोखरा असोज २२ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले अहिले माओवादी केन्द्र र एमालेबीच भएको तालमेल र गठबन्धन प्रतिकृयावादी सत्तामा पुग्ने कसरत मात्र भएको बताउदै यस्तो गठबन्धन बाम गठबन्धन हुन नसक्ने बताउनु भएको छ ।
पोखरामा पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे बैद्यले सच्चा क्रान्तिकारीहरुबीच एकता हुनु जरुरी रहेको बताउनु भयो ।
उहाले विप्लव र त्रृषि कट्टेलहरुसगँ एकताका लागि वार्ता भईरहेको र छिट्टै निष्कर्षमा पुर्याएर एकता गर्ने बताउनु भयो ।
उहाले पुरानै ढंगले क्रान्ति नहुने भन्दै नया ढंगले क्रान्ति सम्पन्न गर्न सबै क्रान्तिकारीहरु एक ढिक्का हुनु पर्ने बताउनु भयो ।
यसै गरी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले एमाले र माकेको वाम एकता फोहोरी मान्छेहरुको एकता भएको टिप्पणी गर्नु भयो ।
यसै गरी नेकपा का नेता क्रृषि कट्टेलले क्रान्तिकारीहरुबीच एकता जरुरी रहेको बताउनु भयो ।