गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने आशा छ ः- बिजुक्छे

गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने आशा छ ः- बिजुक्छे

  • बिहिबार, अशोज १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

नगरकोट, १९ असोज/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताउनुभएको छ ।

सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उहाँले सेवानिवृत्त भएका भक्तपुरका छ जना वरिष्ठ शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ नामक पुस्तकको पनि विमोचन गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ