वीरगन्ज—तेस्रो चरणमा प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेकोे वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी भएका छन्।
वीरगन्ज महानगरपालिकाको मेयरमा फोरमका सरावगीले काँग्रेसका उम्मेदवार अजय द्विवेदीलाइ २ हजार १ सय ९६ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन्। कुनै बेला नेपाली काँग्रेसको गढ मानिने वीरगन्जमा फराकिलो मतान्तरले स्थानीय तहको निर्वाचनमा फोरम नेपालले विजयी हासिल गरेपछि जिल्लाकै राजनीतिक परिदृष्य फेरिएको विश्लेषण गरिएको छ।
मेयरमा सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका द्विवेदीले १७ हजार १ सय ९७ मतमा समेटिए। मुख्य प्रतिस्पर्धीहरु काँग्रेस, फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका उम्मेदवारहरु आ–आफ्ना ठाउँमा बलिया देखिएपछि कडा प्रतिस्पर्धाबीच थोरै मतान्तरले नतिजा आउने र खसेको मत साढे ८४ हजारको सदर मतबाट १५-१६ हजार मत ल्याउने उम्मेदवार विजयी हुन सक्ने आँकलन गरिएको थियो ।
कुनै बेला नेपाली काँग्रेसको गढ मानिने वीरगन्जमा फराकिलो मतान्तरले स्थानीय तहको निर्वाचनमा फोरम नेपालले विजयी हासिल गरेपछि जिल्लाकै राजनीतिक परिदृष्य फेरिएको विश्लेषण गरिएको छ।
यता काँग्रेस उम्मेदवारले १७ हजारभन्दा बढी मत ल्याएर पनि पराजित हुनु परेको छ। केही वडाहरुमा फोरम नेपालतिर मत एकोहोरिएकोले यस्तो भएको विश्लेषण गरिँदैछ। जनप्रतिनिधीविहीन स्थानीय निकायमा सर्वदलीय संयन्त्रको कामकारवाहीले जनता आजित भइसकेर बिकल्पको खाजोमा नयाँ अनुहार ल्याउन चाहेको शिक्षक प्रमोद तिवारीको बुझाइ छ। वीरगन्ज महानगरपालिकाको निर्वाचनमा तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले भने १२ हजार १ सय ६५ मत प्राप्त हासिल गरेका छन्। नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव ८ हजार ७ सय १, नेकपा एमालेका बसरुदीन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहबर अन्सारी ८ हजार ३ सय ५ मत ल्याएका छन्।
वीरगन्ज महानगरपालिकाको उपेयर भने नेपाली काँग्रेस नेतृ शान्ति कार्की विजयी भएकी छिन्। काँग्रेसभित्र अग्रज पुस्ता कि ८२ बर्षे कार्कीले १९ हजार ६ सय ७ मत ल्याउदै उनकी निकटतम प्रतिद्वन्दी फोरम नेपालकी पिंकी यादवसंग १ हजार ७७ मतको अन्तरले विजयी भएकी हुन् । उपमेयरमा यादवले १८ हजार ५ सय ३० प्राप्त गरेकी छन्। उपमेयरमा राजपाकी रम्भा मिश्राले १० हजार ६ सय ६३, एमालेकी सोफिया आचार्यले १० हजार ३ सय ४१, लोकतान्त्रिक फोरमकी रिंकु देवी यादवले ७ हजार ५ सय ८६ र माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ५ हजार २८ ल्याएका छन्।