जीवित देवी कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई खुला

जीवित देवी कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई खुला

  • बुधबार, अशोज ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 

काठमाडौँ, ११ असोज । जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ ।

प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।

बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो । तलेजु भवानीको अवतारका रुपमा कुमारीलाई सम्मान तथा आस्था प्रकट गरिन्छ । सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको हुन्थ्यो ।

शुक्रबार महानवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ