प्यूठान,११ असोज ।
लोहनी एण्ड व्रदर्स कम्पनिको गाडिमाथि प्यूठानमा अागजनि भएको छ। खलंगा-चुजाठाटी सडकखण्डमा राखिएको ना ३ ख १७८८ नम्वरको पानी ट्याङकरमा अज्ञात समुहले अागजनी गरेको हो।
वाटोछेउमा रोकेर राखिएको गाडिमा अागजनी भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो। अागजनीको कोहि कसैले अहिलेसम्म जिम्मा लिएको छैन। के कसरी गाडिमाथि अागजनि भयो भन्ने अनुसन्धान जारी रहेको डिएसपि पोख्रेलले वताउनु भयो।
लोहनी एण्ड व्रदर्स कम्पनिले खलंगा-चुजाठाटी, चुजाठाटी-जोगिटारी मोटरवाटो निर्माणको ठेक्का लिएको थियो। ठेक्का संझौता सकिएर थप गरेको म्याद २०७४ असारमा समेत काम सम्पन्न नगरेपछि लोहनी एण्ड व्रदर्सलाई जरिवाना काटिएको छ। वाटो निर्माणकार्य समयमा सम्पन्न नहुदा विजुलि, रस्पुरकोट, चुजा, धरमपानिका जनताले सास्ति पाएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline