नेकपाका कार्यकर्ता सिंहबहादुर तामागंलाई एका बिहानै प्रहरीले घरैबाट गिराफ्तार गर्यो

नेकपाका कार्यकर्ता सिंहबहादुर तामागंलाई एका बिहानै प्रहरीले घरैबाट गिराफ्तार गर्यो

  • मङ्लबार, अशोज १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौं असोज १० । नेपाल कम्युनिष्ट पार्टी सुनसरीका जिल्ला कमिटि सदस्य सिंह बहादुर तामागंलाई जिल्लाको बराह नगरपालिका अन्तर्गत कालाबञ्जरबाट प्रहरीले आज बिहानै गिराफ्तार गरेको छ ।
विहान घरैमा बसिरहेको अवस्थामा तामागंलाई पक्राउ गरिएको पारीवारीक स्रोतले जनाएको छ ।
तामागंलाई केही दिन अघि राजावासमा भारतीय गाडीमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको चक्रघट्टी ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक गंगा पौडेलले बताए ।
तर नेपाल कम्युनिष्ट पार्टीले भने उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको र झुट्टामुद्धा लगाएर फसाउन खोजिएको भन्दै अविलम्व रिहा गर्न माग गरेको छ ।
जिल्ला पार्टी सचिव पवनले तामागंलाई अविलम्ब रिहा नगरे पार्टी संघर्षमा जान बाध्य हुने चेतावनी दिनु भयो ।
असोज ७ गते राजाबासमा अज्ञात समुहले एउटा भारतीय गाडीमा तोडफोड गरेको थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ