दुई महिनामा आठ अर्बका सावरी साधन भित्रिए

दुई महिनामा आठ अर्बका सावरी साधन भित्रिए

  • सोमवार, अशोज ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

 

वीरगञ्ज, ९ असोज। 

हिन्दूहरुको महान् चाड दशँै, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट रु आठ अर्ब मूल्य बराबरको भारतीय सावारी साधन नेपाल भित्र्याएका छन् ।

भारतीय सवारी साधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको करिब ३० प्रतिशत ती सवारी साधनबाट उठेको सो भन्सारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो ।

कार्यालयका अनुुसार चालू आवको साउन र भदौमा भारतबाट रु दुई करोड सात लाख तीन हजारका ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजारका ६३ थान मिनी बस, रु २१ लाख बराबरको एक थान माइक्रो बस, रु तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजारका दुई हजार २८५ थान जिप, कार भ्यान, रु २७ करोड २५ लाख बराबरका २१८ थान डबल क्याप पिकअप तथा रु २० करोड १६ लाख बराबरका २८७ थान सिंगल क्याप पिकअप नेपाल भित्रिएको छ ।

यसैगरी, सोही अवधिमा भारतबाट रु २५ करोड ४६ लाख ४१ हजार बराबरका २८३ थान मिनी ट्रक, रु ४८ करोड ८७ लाख ४४ हजारका ६३४ थान बस तथा रु दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजारका ३५ हजार ८१४ थान विभिन्न कम्पनीका मोटरसाइकल नेपाल भित्रिएको छ ।

दशैँ, तिहार तथा छठमा विक्रेताले विभिन्न प्रकारका उपहार योजना राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगञ्ज नाकाबाट यति ठूलो परिमाणमा सवारी साधन नेपाल भित्रिएको हो । आव २०७३÷७४ को साउन र भदौमा रु छ अर्ब ५० लाख मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका उक्त भन्सार कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ