रौतहटमा काग्रेस कार्यकर्ताको गोली हानी हत्या

रौतहटमा काग्रेस कार्यकर्ताको गोली हानी हत्या

  • सोमवार, अशोज ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रौतहट—रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान  बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो।

पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लगिएको थियो। बिहान करिब ४ बजे बाटोमै मृत्यु भयो।

गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानेको हो।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘केही दिन अघि घोषित स्थानीय तहको निर्वाचन मतपरिणाममा वडा अध्यक्षमा माओवादीले जितेको थियो। मेयर उपमेयरमा काँग्रेसले जितेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ