सुनसरीको राजाबासमा भारतीय सरकारी गाडीमा तोडफोड, स्थानीयबासी खुसी

सुनसरीको राजाबासमा भारतीय सरकारी गाडीमा तोडफोड, स्थानीयबासी खुसी

  • शनिबार, अशोज ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

७ असोज सुनसरी । जिल्लाको बराह नगरपालिकामा एक भारतीय सरकारी गाडीमाथि तोडफोड भएको छ । शनिबार बिहान साढे एघार बजेतिर बराह नगरपालिका–९ राजाबासमा सो तोडफोड भएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार ‘विहार सरकार जल संशाधन विभाग’ लेखिएको सरकारी नम्बर प्लेटको सेतो रंगको बोलेरो गाडीमा तोडफोड गरिएको हो । तोडफोडबाट गाडीको अगाडिको सिसा र भाग फुटेको जनाइएको छ । तोडफोड कसले किन गरिएको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।

स्थानीयका अनुसार उक्त बोलेरो गाडी नेपाली भूमि राजाबासमा भारतको विहारी प्रशासनले अवैध रुपमा विभिन्न कार्यालय सञ्चालन गरिरहेको कार्यालय परिसरमा राखिएको थियो । बताइए अनुसार तीन/चार जनाको संख्यामा आएको एक टोलीले पार्किङ गरिरहेको उक्त गाडीमाथि तोडफोड गरेको हो । पार्किङ क्षेत्र नेपाली भूमि भएको र अवैध रुपमा दिनहुँ दर्जनौं गाडी आउनेजाने गरेको स्थानीय बताउँछन् ।

राजाबास क्षेत्रमा बिहारबाट आएका भारतीयले उसकै प्रशासनको आडमा अवैध रुपमा दर्जनौं संख्यामा टहरा बनाएर रिसोर्ट, व्यापारिक धन्दा चलाइरहेका छन् । यसबारे नेपाली प्रशासन मौन रहेको गुनासो बराहका बासिन्दाले गर्दै आइरहेका छन् । तैपनि प्रशासन मौन बसेको उनीहरुको भनाई छ । एक स्थानीयका अनुसार तोडफोड क्षेत्रदेखि ३५ किमि दक्षिणतर्फ गएपछि मात्र नेपाल–भारत सीमाना भेटिन्छ ।

तोडफोड स्थलदेखि करिब डेढ कि.मि. दूरीमा प्रकाशपुर प्रहरी चौकी छ । र,  दुई किमि टाढा महेन्द्रनगर ईलाका प्रहरी कार्यालय पर्दछ । तोडफोड घटनाबारे अहिलेसम्म कुनैपनि सुरक्षा निकायको आधिकारिक भनाई बाहिर आएको छैन ।

भारतीयहरु आउने तस्करीमा नेपाली केही एजेन्टसगँ मिलेर काठ र ढुंगा गिट्टी बालुवाको तस्करी गर्ने नेपालीहरुलाई दुखः दिने जस्ता कार्य गर्दै आएको बेला यस्तो आक्रमण जसले गरेको भए पनि ठीक भएको सर्वसाधारणले बताएको एक स्थानीयले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ