कमल सरगम
काठमाण्डौ।
सुगम संगीत क्षेत्रलाई धनि बनाउने हेतुका साथ् पुन नया गीतिएल्बम “अनुपम अटल”को लोकार्पण सम्पन्न भएको छ ।बिन्धबासीनी म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उत्क एल्बम काठमाण्डौको बानेश्वर अबस्थित होटल इन्द्रेणीमा एक भब्य समारोहका साथ् एल्बम बिमोचन भएको हो।गीतकार अर्जुन थापाको “अनुपम अटल” बिमोचन समारोहमा विशिष्ट देखि समकालीन कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।बरिष्ठ गीतकार तथा साहित्यकार रत्न समशेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथिहरु ,बरिष्ठ गायक तथा संगीतकार प्रेम ध्वज प्रधान,बरिष्ठ संगीतकार दिपक जंगम ,बरिष्ठ गीतकार तथा गजलकार डा.कृष्णहरि बराल,बरिष्ठ गीतकार तथा साहित्यकार दिनेश अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।बिन्धबासीनी म्यूजिक प्रालिका संचालक तथा कार्यक्रमका संयोजक सुबास रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार अर्जुन थापाको एल्बम बिमोचन को साथमा म्यूजिक भिडियो पनि रिलिज गरिएको थियो।कार्यक्रममा उपस्थित बिभिन्न कलाकारहरुले सुभकामना दिएका थिए।एल्बम भित्र चर्चित संगीतकार राजेश थापाको एकल संगीत र अर्जुन थापाको एकल शब्द रहेको छ
एल्बममा समाबेस गीत र गायकहरु :-
फुल झैँ फुलोस भन्छु जीवन -रामकृष्ण ढकाल
रहर चढ्यो यो मनमा -मेलिना राई
दोषी होकी नजर मेरो -स्वरूप राज आचार्य र निखिता थापा
छड्के कपाल कोरेकी किन -सुमन क्षेत्री
चम्किन्छ चन्द्र सुर्य -सन्तोष लामा र मनिषा राई
सपनीमा आउछेउ तिमि -राजेश पायल राई
परदेशबाट घरदेश आउँदा -अर्जुन थापा
यी गीतहरु एल्बममा समाबेस गरिएको छ ।चर्चित कलाकारहरुको आवाजमा संग्रहित उत्क एल्बमले चर्चा बोटुल्नेमा ढुक्क रहेको चर्चित गीतकार डा कृष्णहरि बरालले जानकारी दिए कार्यक्रममा बोल्दै बरालले भने “पछिल्लो संगीत क्षेत्रलाई नया पुस्तालेनै हाको यो अबस्थामा अर्जुन थापा आफैमा परिपक्क गीतकार हुन् यस अगाडी पनि एल्बम निकालिसक्नु भएको र फेरी राम्रो कम्पनि र सृजनालाई सहि ठाउँमा पुर्याउने हेतुले सहि कलाकारको खोजि गरेर एल्बम निकालेका छन पक्कै यस एल्बमले उचाइमा पुर्याउने छ’।सोहि अबसरमा बिन्धबासीनी म्यूजिकका संचालक सुबास रेग्मीले भन्नु भयो “एल्बम बिन्धबसिनिको जिम्मामा छाडिएको छ मैले तन मन दिएर यस एल्बमलाइ बजारमा जति सक्छु सबै तिर पुर्याउने र सहि सृजना र कलाकारको सम्मान गर्ने छु त्यसैले ढुक्क हुनुकी राम्रो सृजना संग्रहित “अनुपम अटल”का सबै गीतहरु उत्कृष्ट लिष्टमा रहने छ”।
गायक तथा गीतकार अर्जुन थापालाई सांगीतिक यात्राको हार्दिक शुभकामना