मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

  • शनिबार, अशोज ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 

इलाम, ७ असोज।

इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ ।

स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्पm निकासी गर्दै आएको छ ।

छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पञ्चमी, फाक्तेपलगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिकातर्फ निर्यात हुँदै आएको जनाएको छ ।

स्थानीयस्तरमा प्रतिकिलो रु ७५० देखि रु ९०० सम्ममा छुर्पी खरिद गर्ने गरेको बताउँदै वाङ्देलले भन्नुभयो – “राँके बजार र बिर्तामोडस्थित संकलनस्थलमा जम्मा भएका छुर्पी काठमाडाँै पठाउने गरेको र त्यहाँबाट अर्को व्यापारीमार्फत यसलाई अमेरिका पठाउने गरेका छन् ।”

यहाँबाट लगिएको छुर्पी ग्रेडिङ र प्याकेजिङ गरेपछि प्रतिकिलो रु एक हजार ३०० देखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ । राँके बजारमा मासिक रु ८० लाख मूल्य बराबरका छुर्पी संकलन हुने गरेका छन् ।

अमेरिकातर्फ निर्यात गरिएका छुर्पी त्यहाँका कुकुरलाई ख्वाइन्छ, वाङ्देलले भन्नुभयो, “हामीले यहाँबाट पठाएको छुर्पी सबै कुकुरका लागि हो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ