नवरात्रिको दोस्रो दिन आज ब्रम्हाचारीणीको पूजा गरिदै

नवरात्रिको दोस्रो दिन आज ब्रम्हाचारीणीको पूजा गरिदै

  • शनिबार, अशोज ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ असोज ७ ।
हिन्दु नेपालीहरुको चाड बडादशैं अन्तरगत नवरत्रिको तेस्रो दिन आज चन्द्रघण्टा देवी भगवतीको पूजा आरधना गरी मनाइदैछ । घटास्थपना सुरु भएसँगै नवरात्रभर देवी दुर्गाका विभिन्न रुपको पूजा गर्ने परम्परा छ ।

नवरात्रिको पहिलोदिन शैलीपूत्री, दोस्रो दिन ब्रम्हाचारीणी, तेस्रोमा चन्द्र घण्टा, चौथोमा कुष्माण्ड, पाँचौमा स्कन्द माता, छैटौं दिनमा कात्याणी, सातौंमा कालरात्रि, आठौंमा महारात्रि र नवौं दिनमा सिद्धिदात्रीको पूजा गरिन्छ ।

घटास्थापनाका दिन घरघरमा घटास्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर पूजा आरम्भ गरेको स्थानमा दुर्गादेवीका विभिन्न रुपको नवरत्रिभर पूजा आरधना गर्ने हिन्दु परम्परा छ । यसअघि हिजो ब्रम्हाचारीणीको पूजा गरिएको थियो ।

दशैको तेस्रो दिन आज राजधानीको तलेजु भवनी, दक्षिणकाली, विजेश्वरी, इन्द्रायणी, शोभाभगवती, नक्साल भगवती कालिकास्थान, मैतीदेवी लगायत मुलुकभरका शक्तिपिठमा पूजा गर्नेहरुको घुइचो लागेको छ ।

हिन्दु धर्मावलम्बीहरुले नवरात्रभर दुर्गा शप्तशतिस चण्डी, श्रीमाद भागवात् र अन्य देवी स्त्रोत्र एवम् स्तुतिहरुको पाठ परायण गर्ने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ